Nepal Times
Nepal Times
3
Shares

राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुलको प्रधानमन्त्रीद्वारा उद्घाटन

राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुलको प्रधानमन्त्रीद्वारा उद्घाटन

१२ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुलको आज उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको उक्त पक्की पुलको उद्घाटन गरेका हुन् । राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण अवधिभन्दा अगाडि नै बनेको थियो ।

झण्डै एक अर्बको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाट कर्णाली नदीमा छ । गेरुवा पुलको लम्बाइ एक हजार १५ मिटर छ । पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिए ।

यसअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.