Nepal Times
Nepal Times
3
Shares

रामकुमारी झाँक्री बनिन् एकीकृत समाजवादीकाे सचिव

रामकुमारी झाँक्री बनिन् एकीकृत समाजवादीकाे सचिव

७ असोज, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।

पार्टीको सचिवालयले चयन गरेको पदाधिकारीको जिम्मेवारी केन्द्रीय समिति बैठकले अनुमोदन गर्दैछ । जसअनुसार महासचिवमा नेता बेदुराम भुसाल चयन भएका छन् । चार उपाध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राईले पाएका छन् ।

उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन् भने सचिवमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.