Nepal Times
Nepal Times
3
Shares

रामचन्द्र झाको दावी रघुबीर महासेठ चाडै जेल जान्छन

रामचन्द्र झाको दावी रघुबीर महासेठ चाडै जेल जान्छन

५ कात्तिक,धनुषा ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामचन्द्र झाले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने बताएका छन् ।

सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुने उनले बताएका छन । धनुषाको महेन्द्रनगरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोन्दै नेकपा नेता झाले मन्त्री महासेठका कारण सरकार बदनाम भएकोमा चिन्ता व्यक्त गरे ।

अहिलेको सरकारले राम्रो काम गरेपनि मन्त्री महासेठले विकास निर्माणको काममा राम्रो नगरेको दाबी नेता झाको छ । झाका अनुसार मन्त्रालय अन्तर्गत निर्माण भएका संरचनाहरु तुरुन्तै भत्किन थालेकाले सरकारको आलोचना हुन थालेको उनले बताए ।

सोही कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले नेकपामा पुँजीवादी र अपराधिकरण बढेको बताएका छन । संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जनतर्फ लागेको आरोप मन्त्री यादवले लगाए ।

अध्यक्ष पुष्पकमल दाहाल कहिलेकाहीँ ओली सरकार भन्दै गर्ने टिप्पणीमाथि पनि मन्त्री यादवले आपत्ति जनाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.