Nepal Times
Nepal Times
3
Shares

रामभरोसा : कोरोना महामारी भयावह बन्दै, सरकारले निकाल्यो हात

रामभरोसा : कोरोना महामारी भयावह बन्दै, सरकारले निकाल्यो हात

१८ बैशाख, काठमाडौं । नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै छ । संक्रमितले अस्पतालमा उपचार पाउन कठिन भइरहेको छ ।

यही वेला सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै ‘हात उठाएको’ छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको बताएको छ । संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भन्दै मन्त्रालयले नागरिकलाई थप संवेदनशील हुन आग्रह गरेको छ ।

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शड्ढया उपलब्ध गराउन नसकिने भइसकेको छ ।

त्यसैले सबै दाजुभाइ, दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्यका मापदण्डहरूको संवेदनशील भई कडा रूपमा पालना गर्नु–गराउनु पर्नेछ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण पैmलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनु हुन हार्दिक अपिल छ ।’

शुक्रबार मात्रै देशभर पाँच हजार सात सय २७ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो १७ दिनमा काठमाडौं उपत्यकामा मात्रै संक्रमण झन्डै १२ गुणाले बढेको छ । गत १ वैशाखमा उपत्यकामा दुई सय ५४ संक्रमित देखिएका थिए । शुक्रबार (१७ वैशाख) दुई हजार नौ सय ५६ जनामा संक्रमण देखिएको छ ।

संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा उपत्यकामा उपचार पाउने सम्भावना भने घट्दै गएको छ । अस्पताल पुगेका बिरामीलाई चिकित्सकले प्राथमिकताका आधारमा मात्रै भर्ना लिन थालेका छन् ।

सामान्य अवस्थाका संक्रमितले बेड ओगट्दा गम्भीर बिरामीले भर्ना नपाएपछि भर्नामा प्राथमिकता हेर्न थालिएको चिकित्सकहरूले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.