Nepal Times
Nepal Times
3
Shares

राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्बभन्दा बढी नाफा

राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्बभन्दा बढी नाफा

१३ बैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले यो वर्ष रू. ३ अर्ब २७ करोड ८५ हजार खुद नाफा गरेको छ ।

यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ३ अर्ब ३ करोड ६२ लाख ९३ हजार रहेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा ७ दशमलव ७० प्रतिशत बढी हो ।

हालसम्म सर्वसाधारणमा शेयर जारी नगरेको यस बैंकको वितरण योग्य नाफा रू. ३ अर्ब ४ करोड ३३ लाख ५२ हजार रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब १८ करोड ४८ लाख ९१ हजार रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १७ अर्ब ६३ करोड ७ लाख ४९ हजार छ ।

कम्पनीले यस वर्ष २५ दशमलव ७१ प्रतिशत बढी रू. २ खर्ब ४० अर्ब ७२ करोड ५४ लाख ९५ हजार निक्षेप संकलन गरेको छ भने ११ प्रतिशत बढी रू. १ खर्ब ६७ अर्ब ५१ करोड ८२ लाख ५६ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ६२ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.