६ फागुन, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले प्रदेश नम्बर एकको विराटनगर कार्यालय र प्रदेश २ को विरगञ्ज कार्यालयमा कार्यकारी निर्देशकको दरबन्दी हुने व्यवस्था गर्ने भएको छ ।
सोमबार बसेको सञ्चालक समिति बैठकल उपत्यकाबाहिरका ती दुई कार्यालयमा कार्यकारी निर्देशकलाई कार्यालय प्रमुखको रुपमा खटाउने निर्णय गरेको हो ।
अन्य ठाउँको तुलनामा विराटनगर र विरगञ्ज कार्यालयको भूमिका धेरै हुने भएकाले विशिष्ट श्रेणीको दरबन्दी राख्ने निर्णय गरिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए ।
यस अघि यि कार्यालयहरुमा निर्देशक नै कार्यालय प्रमुख रहने व्यवस्था थियो । कार्यकारी निर्देशक विशिष्ट श्रेणी हो भने निर्देशक पद प्रथम श्रेणी हो ।