Nepal Times
Nepal Times
3
Shares

राससको ५९ औं वार्षिकोत्सव सम्पन्न, संरचनात्मक सुधार गर्न सुझाव

राससको ५९ औं वार्षिकोत्सव सम्पन्न, संरचनात्मक सुधार गर्न सुझाव

७ फागुन, काठमाडौँ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले राष्ट्रिय समाचार समितिलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकता औल्याएका छन् ।

प्रतिस्पर्धामा जानका लागि संरचनागत सुधार, कानूनी सुधार र प्रकृयागत सुधार आवश्यक रहेको उनले बताएका हुन् । सचिव सुदेवीले बजारमा आफ्नो विश्वास कायमै राख्न सेवालाई सुदृढिकरण गरी अगाडी बढ्नुपर्ने बताए । उनले राससभित्र देखिएका समस्याहरु समाधानका लागि आफुले प्रयास गर्ने बताएका छन् । संस्थागत विकासका लगि प्रविधिको किास र कर्मचारीको वृति विकास, कर्मचारीको मनोवल उच्च राख्न सक्नुपर्ने उनले बताए ।

राससका महाप्रवन्धक उपेन्द्र शर्माले स्रोध सधानको अभावमा कर्मचारीहरुलाई सेवा, सुविधा दिन नसकिएको बताए । आधारभूत तालिम दिन नसकिएको, आवश्यक सञ्चार उपकरण तथा मोटरसाइकलको व्यवस्था गर्न नसकिएको गुनासो उनले गरे । भूकम्पपछि रासस जिर्ण भवनबाट दैनिक कार्य सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । आगमी आर्थिक वर्षको बजेटबाट यी समस्या समाधानका हुने विश्वस लिएको उनले बताए ।

राससको ५९ औं वार्षिकोत्सवका अवसरमा बुधबार विशेष कार्यक्रमको आयोजना गरिएको हो । वार्षिकोत्सवमा विभिन्न विधामा राससका कर्मचारी तथा पत्रकारहरुलाई सम्मानित समेत गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.