Nepal Times
Nepal Times
3
Shares

रुकुमपश्चिम छटनाको उच्चस्तरीय समितिद्वारा छानविन सुरु

रुकुमपश्चिम छटनाको उच्चस्तरीय समितिद्वारा छानविन सुरु

१६ जेष्ठ, रुकुम । रुकुमपश्चिम चौरजहारी नगरपालिका सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले अनुसन्धान थालेको छ ।

समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । त्यस्तै समितिले भेरी नगरपालिका(४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ ।

सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । यस घटनामा जाजरकोट भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ। भेरी -११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताए । यस ज्ञापनपत्र बुझ्दै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेशका आधारमा काम हुने बताए । उनले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनेसमेत जानकारी दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको र हराएकाहरुको खोजी जारी रहेको सन्देश पठाएकोसमेत संयोजक बस्नेतले जानकारी दिए ।

शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको उनको भनाइ छ । आज नै उक्त टोली रुकुमपश्चिम चौरजहारी नगरपालिका(८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए ।

यस समितिमा गृह मन्त्रालयका सहसचिव बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ठ घिमिरे र उपसचिव माधव ढकाल छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.