Nepal Times
Nepal Times
3
Shares

रुरु जलविद्युत आयोजनाको आईपीओ ३७ हजार ९१६ जनाले पाए

रुरु जलविद्युत आयोजनाको आईपीओ ३७ हजार ९१६ जनाले पाए

३ वैशाख, काठमाडौँ । रुरु जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) ३७ हजार ९१६ जनाले प्राप्त गरेका छन् । आईपीओ पर्नेहरुले १०/१० कित्ता सेयर पाएका छन् ।

१०/१० कित्ता बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता थप ७ जनालाई एक/एक कित्ताका दरले वितरण गरिएको छ ।

रुरुको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदन परेको थियो । कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर बिक्रिमा राखेको थियो ।

त्यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारीलाई, २० हजार ३८५ कित्ता सामुहिक लगानी कोष र बाँकि ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणको बिक्रीका लागि खुला गरिएको थियो ।

शुक्रबार रुरुको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले २० चैतबाट प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर बिक्रीमा ल्याएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.