Nepal Times
Nepal Times
3
Shares

ललितपुर जिल्ला फुटबल संघका अध्यक्षमाथि एन्फाद्वारा अनुशासनको कारबाही

ललितपुर जिल्ला फुटबल संघका अध्यक्षमाथि एन्फाद्वारा अनुशासनको कारबाही

६ जेष्ठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई अनुशासनको कारबाही गरेको छ ।

सामाजिक सञ्जालमा एन्फाका पदाधिकारी र फुटबल संघविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा थापालाई आगामि साधारणसभासम्म निलम्बन गर्नेगरी कारवाही गरिएको हो ।

जिल्ला अध्यक्ष थापाले दिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फा सचिवालय बैठकले थापालाई आगामी साधारण सभा सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

एन्फाले बार्षिक साधारण सभा चैतमा सञ्चालन गर्ने तय गरेको थियो । तर कोरोना भाईरसको महामारीको कारण साधारण सभा अनिश्चित समयका लागि स्थगित गरिएको छ ।

गत बैशाख २२ गते एन्फा दिवसका अवसरमा वरिष्ठ उपाध्यक्षले दिएका शुभकामना सन्देशको जवाफमा अपशब्द लेखेको भन्दै फुटबल संघले थापालाई स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरणको जवाफ पेश गर्दै थापाले एन्फा डे मनाउने फुटबल संघको निर्णयमा थप प्रश्नहरु सोधेका थिए ।

एन्फासंग असन्तुष्ट रहदै आएका थापाले वर्तमान नेतृत्व सहितको कार्यसमितिको सुरु देखिनै विरोध गर्दै आएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.