Nepal Times
Nepal Times
3
Shares

ललितपुर महानगरले पाटन अस्पताललाई दियो एक करोड आर्थिक सहयोग

ललितपुर महानगरले पाटन अस्पताललाई दियो एक करोड आर्थिक सहयोग

६ माघ, काठमाडाैँ ।

ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनागर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरे ।

कार्यक्रममा मेयर महर्जनले अस्पतालले महानगरबासीलाई पुर्याएको सहयोगको लागि महानगरले थोरै भएपनि सहयोग गर्न पाएकोमा सन्तोष मिलेको बताए । सहयोगको शिलशिला बल्ल सुरु भएको भन्द मेयर महर्जनले आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत रहेको पाटन अस्पताल पुरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ । यस अस्पताल अन्तरगत रहेको स्याटलाइट अस्पतालहरुले देशैभरी सेवा दिइरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.