Nepal Times
Nepal Times
3
Shares

ललितपुर महानरगरका ७७ वर्षमाथिका नागरिकले यी ठाउँबाट आज खोपको दोस्रो मात्रा पाउने

ललितपुर महानरगरका ७७ वर्षमाथिका नागरिकले यी ठाउँबाट आज खोपको दोस्रो मात्रा पाउने

९ असार, ललितपुर ।

ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकले आज कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पाउने भएका छन् ।

महानगरपालिकाले सूचना निकालेर ७७ वर्ष माथिका २ हजार २ सय नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट कोभिशिल्डको दोस्रो मात्राको लागि २५ सय खोप मात्रै उपलब्ध भएकाले वडाको सिफारिसमा ७७ वर्ष माथिका २ हजार २ सय जनालाई र बाँकी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, कर्मचारी र जनप्रतिनिधिलाई लगाइने महानगरपालिकाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने खोपको लागि आठ वटा केन्द्र तोकिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.