Nepal Times
Nepal Times
3
Shares

लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भयो : पत्रकार महासंघ

लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भयो : पत्रकार महासंघ

८ जेठ, काठमाडौं ।

नेपाल पत्रकार महासंघले संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको बताएको छ ।

महासंघका महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरिएको छ ।

पत्रकार महासंघले नागरिकलाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको जनाएको छ ।

अस्पतालमा शैया, अक्सिजनलगायत सामग्रीको खाँचो रहेको अवस्थामा उपचारमा ध्यान दिएर मध्यरातमा चुनावको सिफारिस गर्नु गणतन्त्रप्रति प्रहार भएको महासंघको ठहर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.