Nepal Times
Nepal Times
3
Shares

लोकसेवाले राेकिएका परीक्षा सञ्चालन गर्दै, नयाँ तालिका सार्वजनिक

लोकसेवाले राेकिएका परीक्षा सञ्चालन गर्दै, नयाँ तालिका सार्वजनिक

९ असोज, काठमाडौं ।
कोरोना संक्रमणका कारण रोकिएका लोकसेवा आयोगका परीक्षा सञ्चालन हुने भएका छन् । आयोगले शुक्रबार सूचना जारी गरि रोकिएका सहसचिव, उपसचिव शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आयोगको तालिका अनुसार असोज अन्तिम साताबाट परीक्षा हुनेछ । नेपाल कृषि सेवा लाइभस्टक, पोल्ट्री एण्ड डेरी डेभेलोपमेन्ट अन्र्तगत रोकिएको सहसचिव र उपसचिवको परीक्षा असोज २७ र २८ गते हुनेछ।

नेपाल विविध सेवा अन्र्तगतका सहसचिव र उपसचिव असोज २९ र ३० गते हुनेछन्। त्यस्तै न्याय सेवातर्फका शाखा अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ।

व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते सञ्चालन हुनेछ । यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुनेछ ।

नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुनेछ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा मंसिर १२ गते हुने आयोगले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.