Nepal Times
Nepal Times
3
Shares

वाग्मती प्रदेशको बजेट : खोप किन्न दुई अर्ब रुपैयाँ विनियोजन

वाग्मती प्रदेशको बजेट : खोप किन्न दुई अर्ब रुपैयाँ विनियोजन

१ असार, काठमाडौं ।

वाग्मती प्रदेश सरकारले सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाउन लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ ।

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि रु दुई अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिए ।

उनले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सङ्क्रमितको उपचारका लागि अग्रपङ्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जनशक्तिलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको उल्लेख गर्दै कोरोना भाइरस सङ्क्रमणबाट उत्पन्न स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न सुरक्षित हुने गरी खानेपानी तथा सरसफाईका गतिविधिलाई एकीकृत रुपमा सञ्चालन गर्न तथा पूर्ण सरसफाई कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरिएको वताए ।

मन्त्री ढुङ्गेलले ‘कोभिड पश्चातको पुर्नउत्थानको आधारः पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगार’ भन्ने सोचलाई आत्मसात् गर्दै नागरिकको जीउधनको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी पूर्वाधार विकास निर्माणको कार्य अगाडि बढाइने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.