Nepal Times
Nepal Times
3
Shares

विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने होटलहरुको सूची सार्वजनिक

विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने होटलहरुको सूची सार्वजनिक

२५ जेठ, काठमाडौं ।
सरकारले विदेशबाट ल्याउने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको होटलहरुको सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

सरकारले विदेशबाट उद्धार गरेका नेपालीहरुलाई होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ ।

होटलहरुको सूची

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.