Nepal Times
Nepal Times
3
Shares

विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९५ प्रतिशत सङ्क्रमण मुक्त

विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९५ प्रतिशत सङ्क्रमण मुक्त

४ माघ, काठमाडौँ । विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९५ प्रतिशत सङ्क्रमण मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप २ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता बेलायतमा १ जना र दक्षिण अफ्रिकामा १ जनाको ज्यान गएको हो । यो सँगै विदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २० देशमा ३ सय १९ पुगेको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यसैविच, वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि संघ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । हालसम्म ३ कार्याशाला सम्पन्न भैसकेको संघले जनाएको छ । त्यस कार्यशालामा मनरोग विशेषज्ञ डा. विजय ज्ञवाली र डा रञ्जन थापाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । मध्यपूर्व, मलेसिया लगायत देशमा रहेका नेपालीले सहभागिता जनाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.