Nepal Times
Nepal Times
3
Shares

विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश

विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश

काठमाडौं : विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् ।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् ।

विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.