Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा कोरोना संक्रमित एक पुरुषको निधन

विराटनगरमा कोरोना संक्रमित एक पुरुषको निधन

१३ वैशाख, विराटनगर ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमित पुरुषको मृत्यु भएको छ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार आइतबार राति विराटनगर महानगरपालिका २ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतकमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको थियो । अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेका ती पुरुषको तत्काल उपचार थालिए पनि बचाउन भने नसकिएको दाहालले बताए ।

ति पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना गरिएको थियो ।

नोबेल अस्पतालले यसअघि कोरोना सङ्क्रमण कम हुँदै गएपछि सङ्क्रमितको उपचार गराउने आइसोलेसन बन्द गरेको थियो ।

तर कोरोनाको दोस्रो लहर सुरु भएर अवस्था भयावह बन्न लागेपछि आइतबारबाट आइसोलेसन पुनः सञ्चालनमा ल्याइएको छ ।

आइसोलेसन पुनः सञ्चालन गरेकै पहिलो दिन छ जना संक्रमित भर्ना भएका थिए । भर्ना भएकामध्ये एक जना सङ्क्रमित पुरुषको ज्यान गएको दाहालले बताए ।

अहिले नोवेलको आइसोलेसनमा पाँच जना संक्रमितको उपचार जारी रहेको जानकारी उनले दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.