Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा थप दुई संक्रमितको मृत्यु

विराटनगरमा थप दुई संक्रमितको मृत्यु

२२ वैशाख, विराटनगर ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारारत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ का ५४ वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार संक्रमित पुरुषलाई उपचारका लागि मंगलबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएकोमा आठ घण्टामै उनको मृत्यु भएको हो ।

त्यस्तै विराटनगर महानगरपालिका– १२ का ६७ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । कोरोना संक्रमण देखिएका उनलाई उपचारका लागि १७ वैशाखमा अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याउनसाथ भर्ना गरेर उपचार थालिएको भए पनि उनको बिहान ५ बजेतिर मृत्यु भएको प्रवन्धक दाहालले बताए । मृतक दुवैको व्यवस्थापनका लागि पहल भइरहेको उनले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.