Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा निषेधाज्ञाको अवधि एक हप्ता थप

विराटनगरमा निषेधाज्ञाको अवधि एक हप्ता थप

२४ बैशाख, मोरङ । मोरङको विराटनगरमा भइरहेको निषेधाज्ञाको अवधि एक हप्ता लम्ब्याइएको छ ।

कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि बढाउने निर्णय गरेको हो ।

बिहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय गरेअनुसार प्रशासनले निषेधाज्ञाको समय बढाएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वैशाख २४ गते राति १२ बजेदेखि लागू हुने गरी जेठ १ गतेसम्मका लागि अल्पकालीन निषेधाज्ञा जारी गर्ने बैठकले निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

यसअघि वैशाख १७ गते बसेको जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले वैशाख १८ गते रातिको १२ बजेदेखि लागू हुनेगरी ७ दिने निषेधाज्ञा जारी गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.