Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा ५० जनासहित प्रदेश १ मा ९८ कोरोना संक्रमित थपिए

विराटनगरमा ५० जनासहित प्रदेश १ मा ९८ कोरोना संक्रमित थपिए

२७ साउन, विराटनगर । प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो ।

मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र मंगलबार ५० जनामा संक्रमण देखिएको छ ।

विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ । प्रदेश १ मा मंगलबार १ हजार ६ सय ८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.