Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा ६ जनासहित प्रदेश १ मा थपिए ९ संक्रमित

विराटनगरमा ६ जनासहित प्रदेश १ मा थपिए ९ संक्रमित

२३ असार, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । मंगलबार ९ जना संक्रमित थपिएका छन् ।

मोरङगमा ६, सुनसरीमा २ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ्गको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र झापाको बा¥हदशीमा एक पुरुष रहेका छन् । प्रदेश १ बाट मंगलबार ७ जना डिस्चार्ज भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा मोरंगका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रव उरावले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेहरु ६ वर्षीया बालिका देखि ५० वर्ष सम्मका छन् ।

डिस्चार्ज हुनेहरु जेठ २७ देखि असार १३ गते सम्म भर्ना भएकाहरु रहेको उरावले बताउनुभयो । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ७९ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.