Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा ८ सहित प्रदेश १ मा थपिए १६ संक्रमित

विराटनगरमा ८ सहित प्रदेश १ मा थपिए १६ संक्रमित

२ वैशाख, विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ३० हजार ५३२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् । १९५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माआज १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म २ लाख ३४ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.