Nepal Times
Nepal Times
3
Shares

विवेकशीलका १३ नेता साझा पार्टीसँगको एकतामा सहभागी नहुने

विवेकशीलका १३ नेता साझा पार्टीसँगको एकतामा सहभागी नहुने

१८ मंसिर, काठमाडौँ । विवेकशील नेपाली दलकी केन्द्रीय उपाध्यक्षसहित १३ नेता साझा पार्टीसँगको एकतामा सहभागी नहुने भएका छन् । पार्टीमा मतदानपछि बहुमत सदस्यहरूले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग सहभागी हुने पक्षमा मतदान गरेका थिए ।

उपाध्यक्ष अजिता राई र कार्यालय व्यवस्थापन सचिव संगीता बाटाजुसहित १३ जनाले बिहीबार विज्ञप्ति जारी गर्दै साझासँगको एकतामा सहभागी नहुने घोषणा गरेका हुन् ।

विवेकशील नेपाली दलको यो पार्टीको स्वरुप सकिएको पनि उनीहरूको ठहर छ ।

विवेकशीलका असन्तुष्ट नेताहरूले आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर छलफलपछि तय गर्ने जानकारी दिएका छन् ।

त्यसरी असन्तुष्ट थप नेताहरूमा संघीय समिति सदस्यहरू कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी रहेका छन् ।

पहिले एकै ठाउँमा रहेका विवेकशील र साझा पार्टीको एकीकरण अन्तिम चरणमा पुगेको दुवै पार्टीले जनाएका छन् । नयाँ पार्टीको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे हुने गरी एकीकरण प्रक्रिया अघि बढेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.