Nepal Times
Nepal Times
3
Shares

विश्व टेस्ट च्याम्पियनसिप फाइनल: न्युजिल्यान्डविरुद्ध भारत

विश्व टेस्ट च्याम्पियनसिप फाइनल: न्युजिल्यान्डविरुद्ध भारत

४ असार, काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दैछन् ।

खेल इङ्ल्यान्डको साउथ ह्याम्प्टनमा दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

पहिलो विश्व टेस्ट च्याम्पियनसिपको ट्रफी आफ्नो देशले जित्ने दुवै टोलीले दाबी गरेका छन् ।

विश्व वरीयतामा न्युजिल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् ।

दुई वर्षअघि सुरु भएको टेस्ट च्याम्पियनसिप अन्तर्गत भारतले १७ खेलमा १२ खेल जितेको थियो भने न्युजिल्यान्डले ११ खेलमा सात खेल जितेको थियो ।

च्याम्पियनसिपको उपाधि जित्ने टोलीले १६ मिलियन अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.