Nepal Times
Nepal Times
3
Shares

वीर अस्पताल र ट्रमा सेन्टरलाई कोरोना विशेष अस्पताल बनाइने

वीर अस्पताल र ट्रमा सेन्टरलाई कोरोना विशेष अस्पताल बनाइने

२५ बैशाख, काठमाडौं । सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई कोरोना विशेष (कोभिड डेडिकेटेड) अस्पताल बनाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रमाको २ सय शय्या, वीर अस्पतालको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शैय्या बनाउने निर्णय भएको छ । वीरको नयाँ भवनमा आवश्यकता अनुसार शय्या थप गर्ने निर्णय पनि भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.