Nepal Times
Nepal Times
3
Shares

शान्ति सुरक्षा र सुशासनको अवस्थामा सुधारः गृह मन्त्री

शान्ति सुरक्षा र सुशासनको अवस्थामा सुधारः गृह मन्त्री

११ फागुन, काठमाडौं । गृह मन्त्री रामबहादुर थापाले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताएका छन् ।

बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा होटौंडामा आयोजित प्रदेश स्तरिय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशको शान्ति सुरक्षा समान्य अवस्थामा रहेको बताएका हुन् । उनले विगतमा जस्तो अस्थिरता, अराजकता र अशान्तिको अवस्था नरहेको बताए ।

गृह मन्त्रालय जनताको जीउ धनको सुरक्षामा पूर्ण रुपमा प्रतिवद्ध रहेको समेत उनले बताए । उनले अन्तर्राष्ट्रिय संघसंस्थाहरुले मूल्याङ्कन गरि प्रकाशित गरेको प्रतिवेदनमा पनि नेपालको शान्ति सुरक्षा र सुशासनको अवस्थामा सुधार आएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.