Nepal Times
Nepal Times
3
Shares

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

१२ बैशाख, मोरङ । मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्तबहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ ।

गएको बैशाख ८ गते साँझ उनी सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग शिकार खेल्न गएकोमा बैशाख ९ गते दिउँसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफैले चलाएको गोली लागी मृत्यु भएको थियो ।

प्रहरीले खबर पाए लगतै घटनास्थलमा ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो ।

प्रहरीले घटनाको अनुसन्धानका लागि गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा बैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागि हस्त वहादुर राईको घटनास्थलमा मृत्यु भएको खुल्न आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

पक्राउ परेका उपर ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.