Nepal Times
Nepal Times
3
Shares

संक्रमणको बेवास्ता गर्दै जोगबनी जानेको लस्कर (भिडियो रिपोर्ट)

संक्रमणको बेवास्ता गर्दै जोगबनी जानेको लस्कर (भिडियो रिपोर्ट)

३० चैत, विराटनगर । चोरबाटोबाट भारततर्फ जाने र नेपाल फर्कनेको लस्कर छ । मुख्य सीमा नाका बन्द त छ तर अरु सबै सीमा खुला छ ।

विराटनगरस्थित रानी भन्सार नाकामा ढाट लगाएर आवागमन बन्द गरिएको छ, त्यहाँबाट आवागमन पूर्ण निषेध छ, सुरक्षाकर्मी नै खटिएका छन् आवतजावत रोक्न तर अवैध बाटोबाट आवात जावत बैध जत्तिकै देखिएको छ । सुरक्षाकर्मीको आँखै अगाडी नेपाल–भारतमा आउजाउ जारी छ । एक हैन, सय हैन हजारौँ जान्छन् अनि आउँछन् पनि । खासगरी घरायसी सामान खरिद गर्न भारत जाने नेपालीहरुको संख्या अध्याधिक छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड समेत पालना नगरी बेपरबाह, भारत जान–आउन चोरबाटो खुला छ, चौबिसै घण्टा । त्यसैको फाइदा उठाउँदै सस्तोको सोचले खासगरी नेपालीहरु नै कोरोना नेपालमा भित्रनेमा कत्तिपनि सचेत छैनन् । भारतमा कोरोना भाइरसको संक्रमण उच्च छ । हरेक दिन अनियन्त्रित तर्फ संक्रमण फैलिरहेको छ । दैनिक डेढ लाख बढि संक्रमित फेला परिरहेका छन् । जोगबनी बिहार राज्यमा पर्छ, जहाँ दैनिक ३५ सय बढि संक्रमित फेला परिरहेका छन् । त्यहि जोगबनी बजार, दैनिक हजारौँ नेपाली जान्छन्–आउँछन्, मुख्य नाका बन्द गरेर अवैध बाटोमा सुरक्षाकर्मी पहरा दिइरहेका छन् ।

भारतमा संक्रमितको संख्या उच्च हुँदै गर्दा नेपालमा समेत संक्रमण दर बढिरहेको छ । भारत ट्राभल हिस्ट्री भएकैमा संक्रमण पुष्टि हुँदा नेपाल–भारत आउजाउमा कुनै रोकटोक, स्वास्थ्य सुरक्षा साबधानी देखिएको छैन । जहितहिँ खुला सीमा छ । भारतमा संक्रमणदर बढ्दै गर्दा, रोजगारीमा गएका नेपालीहरु स्वदेश फिर्ता हुने क्रम पनि बढेको छ । त्यस्तै, नेपालमा रोजगारी गर्ने भारतीयहरु दैनिक रुपमा सहज आउजाउ गर्छन् । न नागरिक स्वास्थ्य सजगता अपनाउँछन् न सरकारले आवतजावतमा कडाइ गर्न सकेको छ । भारतमा संक्रमणदरमा भएको वृद्धि र यस्तो लापरबाहीले नेपालमा छिट्टै भयावह अवस्था नआउने ग्यारेन्टी कसले गर्छ । सरकार अहिलेसम्म पनि मौन छ । भारतमा दैनिक डेढ लाख संक्रमण देखिएको परिस्थिती र खुला सीमामा भएको यस्तो लापरबाहीपूर्ण आवतजावत बल्ल थाहा पाए जसरी, प्रदेश १ सरकारले अब मात्र मापदण्ड बनाउने बताएको छ ।

सीमा नाकामा मात्र होइन, विराटनगर लगायतका सहरमा भिडभाड अनियन्त्रित छ । बजारमा सावधानी शुन्य प्राय छ । त्यसमाथि स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्नु भनि गरेको आग्रहलाई बेवास्ता गर्दै, हजारौं नागरिकको बीचमा विराटनगरमा छैटौँ संस्करणको विराट गोल्ड कप पनि जारी छ । मास्क, भौतिक दुरी, सेनिटाइजर जस्ता सुरक्षाकवच त एकादेशको कथा बनिरहेका छन् ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.