Nepal Times
Nepal Times
3
Shares

राष्ट्रसंघको आज र भोलि हुने विशेष महासभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

राष्ट्रसंघको आज र भोलि हुने विशेष महासभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् ।

डिसेम्बर ३ र ४ तारिख अर्थात आज र भोलि हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री अ‍ोलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको जानकारी दिए ।

महासभामा नेपालको समय आएपछि ओलीले सम्बोधन गर्नु हुने लम्सालले बताए । प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमा नेपालमा कोभिड-१९ को महामारी र यसले पारेको प्रभावबारे सम्बोधन गर्ने उल्लेख छ ।

महासभामा अनुभव आदानप्रदानसहित कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, कोरोना विरुद्धको खोप लगायतका विषयमा छलफल हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.