×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसदीय दलको नेतामा देउवालाई चुनौती

११ फाल्गुन २०७४

काठमाडौं, फागुन ११
नेपाली कांग्रेस भित्र संसदीय दलको नेता खोजि कार्य सुरु भएको छ । कांग्रेस संंसदीय दलको बैठक १२ गते बस्ने भएपछि संसदीय दलको नेताको खोजी सुरु भएको हो ।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाले चासो देखाएका छन् ।

सभापतिको हैसियतले देउवाको दावी स्वभाविक पनि देखिन्छ । तर नेता सिंह र कोइरालाले देउवाको विकल्प खोजिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति समेत दिदै आएका छन् । अर्थात सिंह र कोइराला दलको नेताको दौडमा उत्रिसकेको देखिन्छ । यद्यपि महामन्त्री कोइरालाले चुनावमार्फत नजाने बताउदै आएका छन् ।

राष्ट्रियसभाका १३ र प्रतिनिधिसभाका ६३ गरी कांग्रेसको कुल ७६ सिट रहेको छ । त्यसमध्ये पौडेल पक्षको ३१÷३२, कृष्ण सिटौला पक्षका ४ र अन्य ४०, ४१ सिट देउवा पक्षको रहेको कांग्रेस स्रोतले जनाएको छ ।

१२ गते शनिबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको संयुक्त बैठकले दलको विधान संशोधन गर्नेछ । भोलिपल्ट बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेसँगै संसदीय दलको नेता छान्न निर्वाचन कमिटी गठन गर्ने सम्भावना छ ।

गणितको हिसावले देउवा दलको नेता बन्ने आंकलन गरिएको छ । देउवा गुटको एक समूहले शशांक कोइरालालाई उठाउनु पर्ने आवाज पनि उठाएका छन् । तर अर्काे समूहले भने कुनै पनि हालतमा देउवा नै उठ्नुपर्नेमा जोड दिइरहेको बताइएको छ ।

दलको नेता बन्ने दौडमा रहेका देउवाले अबको ५ वर्षपछि कांग्रेसलाई सत्तामा पुर्याउने एजेण्डा अघि सारेका छन भने सिंहले ५ वर्ष सत्ताको आकांक्षा छाडेर संगठन निर्माण गर्ने एजेण्डा अघि बढाएका छन् ।

६० देखि ६५ उमेर कटेका धेरै नेताहरु देउवाको समर्थनमा देखिएका छन् । पाँच वर्षपछि उमेरले नेटो काट्ने भएकोले तत्काललाई फाइदा लिने उदेश्यले देउवाको एजेण्डातर्फ पाका नेताहरु आकार्षित भएको स्रोतको दावी छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top