Nepal Times
Nepal Times
3
Shares

संसद अधिवेशन अन्त्य गरिएकोप्रति नेपाली कांग्रेसको आपत्ति

संसद अधिवेशन अन्त्य गरिएकोप्रति नेपाली कांग्रेसको आपत्ति

७ वैशाख, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष कांग्रेसले अप्रत्याशित रूपमा प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको भर्त्सना गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले सरकारको यस्तो कदमलाई स्वेच्छाचारी प्रवृत्ति भन्दै विरोध जनाएको हो ।

‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौं महत्त्वपूर्ण विषय रहेको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर बैठकले गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलतालाई दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग कांग्रेसले माग गरेको छ ।

‘विश्वबजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रूपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन हरेक नागरिकको सुरक्षा’ को द्रुत अभियान सञ्चालन गर्न बैठकले सरकारसमक्ष माग गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.