Nepal Times
Nepal Times
3
Shares

सचिवस्तरीय वार्तापछि हर्षवर्धनले भने – छलफलको राम्रो सुरुवात

सचिवस्तरीय वार्तापछि हर्षवर्धनले भने – छलफलको राम्रो सुरुवात

११ मंसिर, काठमाडाैँ।

नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीगर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

उनले दुई देशको बीचमा देखिएका समस्या समाधानगर्ने विषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए ।

वार्तामा परराष्ट्र सचिव भरतराजपौडेल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए । भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि विहीबार बिहान काठमाडौं आएका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.