Nepal Times
Nepal Times
3
Shares

सनराईज बैंक अब पुँजी बजारमा पनि

सनराईज बैंक अब पुँजी बजारमा पनि

७ असोज, काठमाडौँ ।
सनराईज बैंकले सनराईज क्यापिटलको व्यवस्थापनमा संचालनमा आएको ‘सनराईज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने जनाएको छ । बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज ८ गतेदेखि एक अर्व रुपैयाँ बराबरको १० करोड इकाई युनिट सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको जानकारी गराएको हो ।

सेयर बजारमा लगानी गर्ने सही समयमा फन्ड संचालन गर्न लागिएकाले सो फण्डले उचित प्रतिफल दिने सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले दाबी गरे । बैंकले सेयर बजार नघट्ने निष्कर्ष निकाल्दै लगानीकर्ताहरुलाई सो फण्डबाट वार्षिक २४ प्रतिशत प्रतिफल र औंसत वार्षिक १४ प्रतिशत लाभांश दिने प्रक्षेपण पनि गरेको छ ।

सनराईज फण्डले कूल निष्काशन गर्न लागेको १० करोड ईकाई मध्ये १५ प्रतिशत ९१ करोड ५० लाख प्रवद्र्धक सनराईज बंैकलाई सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणका लागि विक्री गर्न लागिएको पनि सनराईज क्यापिटलले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.