Nepal Times
Nepal Times
3
Shares

सबै मृत्युका घटनालाई कोरोनासँग नजोड्न सरकारको आग्रह

सबै मृत्युका घटनालाई कोरोनासँग नजोड्न सरकारको आग्रह

१७ चैत, काठमाडौँ ।
सरकारले सबैखाले घटनालाई कोरोना भाईरससँग नजोड्न आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले कोरोना भाइरसको संक्रमणको लोकल ट्रान्समिसन नदेखिएकाले धेरै भयभीत नहुन र सबै मृत्युका घटनालाई कोरोनासंग नजोड्न आग्रह गरेका हुन् ।

जो मर्यो त्यो कोरोनाले मर्यो भन्ने किसिमको प्रचार प्रशार हुनु दुखद भएको उनले उल्लेख गरे । कोरोना संक्रमण भईसकेपछि पनि १५ प्रतिशत मानिसमा मात्रै जटिल किसिमको लक्षण देखिने र ५ प्रतिशत मानिसलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेकोले धेरै डर र भय नपाल्न उनले आग्रह गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.