Nepal Times
Nepal Times
3
Shares

सरकारका राम्रा कामको प्रचार हुन सकेनःप्रचण्ड

सरकारका राम्रा कामको प्रचार हुन सकेनःप्रचण्ड

१० माघ, नवलपरासी ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकारका राम्रा कामको प्रचार हुन नसकेको बताएका छन्।

नवलपरासी पूर्वमा आयोजित नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टी एकीकरणका काम ढिला हुँदा सरकारका कामको प्रचार हुन नसकेको बताएका हुन्। उनले भने, सरकारका काम राम्रोसँग प्रचार हुन् सकेन्। काम गरेर जनताको मन जित्न दुई वर्ष बाँकी छ।

यस्तै, कालापानी लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राखेपछि उत्पन्न सीमा विवादका बारेमा प्रचण्डले भारतलाई डिप्लोमेटिक नोट पठाइएको बताए। भने, छलफल गरेर डिप्लोमेटिक नोट पठाइएको छ। प्रधानमन्त्री तहमा वार्ता भएको छ। भारतले पनि वार्ता र संवादबाट समस्या तयार गर्न पहल सुरु गरेको छ। यो खुसीको कुरा हो।

प्रचण्डले पार्टी सकारले चलाउने नभएर सरकारले पार्टी चलाउने बताए। उनले भने, पार्टीले सरकारको नेतृत्व गर्ने हो। सरकारले पार्टी चलाउने होइन्। राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमसिसीको निर्णय गर्छौं ।  प्रचण्डले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा पर्याप्त छलफल भएको बताए।

एमसिसीको मुद्दा राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुन संवाद गरेर सम्भव भएसम्म परिमार्जन गरेर कार्यान्वयन गर्नु उचित हुन्छ भन्ने निर्णय गरेका छौं। हामी सचिवालयमा छलफल गरेर राष्ट्र हितलाई सर्वोपरी राखेर मात्र अघि बढाउँछौं ,उनले भने।

उनले एमसीसी प्रोगाममा इन्डो प्यासेफिक रणनीति अघि बढाएपछि विवाद शुरु भएको तर अमेरिकी दुतावासले १० बुँदे स्पष्टिकरण आएपछि त्यसलाई विचार गरेर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर निर्णय गर्ने बताए। एमसीसीका बारेमा सामाजिक सञ्जालबाट गलत समाचार आएको उल्लेख गर्दै उनले त्यसबाट सतर्क रहन कार्यकर्तालाई निर्देशन दिए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.