Nepal Times
Nepal Times
3
Shares

सरकारको आर्थिक सहयोगपछि चलचित्र क्षेत्र चलायमान

सरकारको आर्थिक सहयोगपछि चलचित्र क्षेत्र चलायमान

२९ पौष, काठमडौँ । चलचित्र क्षेत्र पूर्ण रुपमा खुल्दै नेपाल सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भए पछि चलचित्र क्षेत्र चलायमान हुने भएको छ ।

नेपाल सरकारको यो कदमले सबैलाई बाच्ने आधार दिएको भन्दै निर्माता संघले धन्यवाद दिएको छ । आगामी माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शन पनि हुने भएको छ ।

यस सँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वाश गरिएको छ। नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर सबै गतिबिधि कामहरु गर्न अनुमति पनि दिएको छ ।

यसै बिषयमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी सँग नेपाल टाईमसले सरकारले गरेको सहयोग र चलचित्र क्षेत्रका गतिबिधिमा कसरी सवास्थ्य सावधानी अपनाएर काम गर्न सकिन्छ सिनेमाहल कसरी संचालनमा आउँछन् भनेर प्रतिक्रिया लिएको छ ।

कुराकानीमा अध्यक्ष अधिकारीले नेपाल सरकारले बीमा, भिपिसी कस्ट,इन्कोडिग कस्ट,प्रचार प्रसार तथा पब्लिसिटिमा आर्थिक अनुदान दिने निर्णय भएको बताए ।

चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताए ।

यस्तै सरकारले अहिले रिलिजको तयारीमा रहेका सिनेमाको भिपिसी कस्ट र इङ्कोडिङ्ग कस्ट बापतको रकम पनि नेपाल सरकारले तिरिदिने व्यवस्था भएको बताए ।

यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने बातावरण बनेको पनि अध्यक्ष अधिकारीले बताए ।

यसै गरी मौद्रिक नीतिमा घोषणा भएको अति प्रभावित क्षेत्रलाई दिने भनेको सहुलियत कर्जा तथा अनुदान कार्यन्वयनमा ल्याउन सरकार सँग माग गरेको पनि अध्यक्ष अधिकारीले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.