Nepal Times
Nepal Times
3
Shares

सरकारविरुद्ध नागरिक अगुवाको मार्चपासमा प्रहरीको हस्तक्षेप (फाेटाे फिचरसहित)

सरकारविरुद्ध नागरिक अगुवाको मार्चपासमा प्रहरीको हस्तक्षेप (फाेटाे फिचरसहित)

१२ माघ, काठमाडाैँ ।

नागरिक अगुवाहरुले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ । कमलपोखरी देखि शुरु भई प्रधानमन्त्री निवास बालुवाटार नजिकै पुगेको मार्चपासमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको हो ।

नागरिक अगुवाहरुले कमलपोखरीको माटो लगाएर मार्चपास ¥याली शुरु गरेका थिए । ¥याली कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल, भाटभटेनी हुँदै बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । लाठिचार्ज र पानीको फोहोराका कारण केही अगुवाहरु घाइते भएको नागरिक अगुवाहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.