Nepal Times
Nepal Times
3
Shares

सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुससहित पक्राउ

सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुससहित पक्राउ

१९ मंसिर, रुपन्देही ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सशस्त्र बल, बोर्डर आउट पोष्ट कपिलवस्तु कृष्ण नगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट ३५ हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा शुक्रवार लिइएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सरेश भुसालले जानकारी गराए।

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीबाट ३५ हजार घूस माग गरिरहेको भन्ने उजुरी तथा सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले हवल्दार गुरुङलाई नियन्त्रणमा लिएको हो ।

सूचना अधिकारी सुरेश भुसालका अनुसार कपिलवस्तुको कृष्ण नगर नगरपालिका वडा नम्बर १२ गोलघरस्थित मिलन रेष्टुरेण्ट एण्ड दुर्गा गेष्ट रङेहात नियन्त्रणमा लिइएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.