Nepal Times
Nepal Times
3
Shares

साउन २३ देखि ‘नेपाल मास्क अभियान’ सञ्चालन गरिँदै

साउन २३ देखि ‘नेपाल मास्क अभियान’ सञ्चालन गरिँदै

२१ साउन, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २३ देखि २९ गतेसम्म मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ देशभर अभियान सञ्चालन गर्न लागिएको हो ।

मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

उनले जनस्वास्थ्यमा मापदण्ड उल्लंघन भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु गर्न लागिएको बताए ।

अभियानमा स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउने छन् । उनका अनुसार स्वास्थ्य स्वयमसेविकामार्फत गाउँटोलमा मास्कको महत्वबारे टोलटोलमा सिकाइने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.