Nepal Times
Nepal Times
3
Shares

साग भनेर धतुरो खाँदा लमजुङमा एकको मृत्यु, दुई जना बिरामी

साग भनेर धतुरो खाँदा लमजुङमा एकको मृत्यु, दुई जना बिरामी

२३ कार्तिक, लमजुङ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ । दुई जना बिरामी भएका छन् ।

साग भनेर धतुरोको तरकारी खादा ८३ पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।

तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएको छ । दुबै जना उपचारपछि घर फर्किएका छन् ।

आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको डीएसपी कार्कीले बताए । उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.