Nepal Times
Nepal Times
3
Shares

साझा प्रकाशनमाथि मन्त्री अर्यालको रोष : प्रगति गर्न नसक्नेलाई सरकारले सहयोग गर्दैन

साझा प्रकाशनमाथि मन्त्री अर्यालको रोष : प्रगति गर्न नसक्नेलाई सरकारले सहयोग गर्दैन

१७ मंसिर, काठमाडाैँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशन लाई थप आर्थिक सहयोग गर्न नसक्ने बताएकी छन् । साझा प्रकाशनको ५७औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनिगर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधै पैसा दिन नसक्ने बताएकी हुन् ।

आफू मन्त्री भएदेखि नै १५÷१६ करोड रुपैयाँ निकाशा दिएको संस्थाले अझै सुधार गर्न नसक्ने हो भने सरकारले अव थप पैसा दिननसक्ने स्पष्ट पारेकी हुन् । उनले आर्थिक अवस्थालाई सुदृढ बनाउन बिजेनस खोज्न समेत आग्रह गरिन् । त्यसभन्दा अगाडि साधारणसभा गरेर संस्थाका सञ्चालक परिवर्तन गरी संस्थालाई जीवन्त बनाउन समेत निर्देशन दिइन् । भर्चुअल माध्यमबाट भएपनि साधारण सभा गरेर काम गर्ने मान्छे सञ्चालक समितिमा ल्याउन उनले निर्देशन दिइन् ।


पुरानो विनियमलाई समातेर आधुनिक समयमा काम गर्न दिएनभन्दै बस्नु सबैभन्दा कमजोर पाटो रहेको पनि मन्त्रीअर्यालले बताइन् । उनले विनियमलाई समय अनुसार परिवर्तन गरेर कामगर्न निर्देशन दिइन् । साझा प्रकाशनलाई जहिले पनि कर्मचारी भिड्ने थलो बनाइएको भन्दै काम नगर्ने कर्मचारीलाई निकाल्नुपर्ने समेत बताइन् । कर्मचारीबीच भिडन्त हुने अवस्थालाई अन्त्य नगर्दा सम्म संस्थालाई अगाडि बढाउन नसकिने पनि मन्त्री अर्यालले बताइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.