Nepal Times
Nepal Times
3
Shares

साफ यू–१८ च्याम्पियनसिपः नेपाली टोलीको घोषणा

साफ यू–१८ च्याम्पियनसिपः नेपाली टोलीको घोषणा

३१ भदौ, काठमाडौं ।

साविक विजेता नेपालले साफ यू–१८ च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक चेतनारायण श्रेष्ठले पोखरामा एक साता लामो क्याम्पपछि २५ सदस्यीय टोलीबाट अन्तिम टोली घोषणा गरेका हुन् ।

घोषित टोलीको गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् ।

यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् ।

मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् ।

यस्तै स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । साफ च्याम्पियनसिप शुक्रबारबाट हलचोकस्थित सशस्त्र मैदानमा सुरु हुँदैछ । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.