Nepal Times
Nepal Times
3
Shares

सामाजिक सञ्जालमार्फत १५ करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ

सामाजिक सञ्जालमार्फत १५ करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ

२५ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमार्फत १५ करोड ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई पक्राउ गरेको हो ।

उनीहरूले चिठ्ठा परेको भन्दै विभिन्न मानिसलाई भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको पाइएको महाशाखाले जनाएको छ । अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी तिनै जनालाई सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार उनीहरूले ठगी गरेको रकमको केही प्रतिशत कमिसनस्वरूप राखेर बाँकी रकम भारतमा पठाउने गरेको खुलेको छ ।उनीहरूले ठगी गरेको उजुरी लिएर १५ जना पीडित प्रहरीको सम्पर्कमा आएको महाशाखाले जनाएको छ ।

चिठ्ठाबापत केही पैसा बुझाउनुपर्छ भन्दै उनीहरूले मानिसहरूलाई फकाउने र पैसा बुझेपछि बेपत्ता हुने गरेको पाइएको छ।

उनीहरूको सम्पर्क कृषि विकास बैंक लहान शाखाको पाँच करोड ठगीका मुख्य योजनाकार अफ्रिकन नागरिक पिटरसँग देखिएको कार्कीले बताए ।

कृषि विकास बैंक लहान शाखाको रकम लुट्ने मुख्य योजनाकार अफ्रिकन नागरिक पिटर हुन् । उनी मुम्बईमा रहेको प्रहरीले दाबी गरे पनि हालसम्म पत्ता लाग्न सकेको छैन ।

गत असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको करिब ५ करोड रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गराएर लुटेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो । उनीहरू पिटरका लागि नेपालमा काम गर्ने एजेन्ट थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.