Nepal Times
Nepal Times
3
Shares

साविक विजेता मोड्रिच बालोन डि ओरको सुचीमै परेनन्, लिभरपुलबाट ७ खेलाडी

साविक विजेता मोड्रिच बालोन डि ओरको सुचीमै परेनन्, लिभरपुलबाट ७ खेलाडी

एजेन्सी, कात्तिक ५
फ्रेन्च फुटबल एसोसिएसनले बालोन डि ओरको प्रारम्भिक सुची  सोमबार राति सार्वजनिक गरेको छ । सार्वजनिक ३० सदस्यीय सुचीमा गएको वर्षको विजेता क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच बालोन अटाएका छैनन् ।

सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलका ७ खेलाडी सुचीमा अटाएका छन् । लिभरपुलबाट मोहम्मद सलाह, साडियो माने, भर्जिल भान डाइक, रोवर्टो फिर्मिनो, एलिसन बेकर, जर्जिन्हो विज्नल्डम र ट्रेन्ट एलेक्सन्डर अर्नोल्ड अटाएका छन् ।

सुचीमा आधुनिक फुटबलका हस्ती तथा ५–५ पटकको विजेता युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि अटाएका छन् । यस्तै अघिल्लो वर्ष च्याम्पियन्स लिगमा सनसनी मच्चाएका डच क्लब आयाक्सबाट यसैसिजन क्लब छाडेकासहित ४ खेलाडी प्रारम्भिक सुचीमा परेका छन् ।

यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट लियोनेल मेस्सी, मार्क आन्द्रे टेर स्टेगन र यसै सिजन क्लबमा आएकासहित ४ खेलाडी सुचीमा अटाएका छन् ।

यस्तो छ प्रारम्भिक सुची : 

साडियो माने – लिभरपुल, सर्जियो अगुएरो – म्यानचेस्टर सिटी, फ्रान्की डि जोङ – आयाक्स/बार्सिलोना, ह्युगो लोरिस – टोटेनहम हस्टपर, डुसान टाडिक – आयाक्स, केलियन एमबाप्पे – पीएसजी, ट्रेन्ट एलेक्सडर अर्नाेल्ड – लिभरपुल, डोनी भान डि बिक – आयाक्स, पिएर एमेरिक औबामियाङ – आर्सनल, मार्क आन्द्रे टेर स्टेगन – बार्सिलोना, क्रिस्टियानो रोनाल्डो – युभेन्टस, एलिसन बेकर – लिभरपुल, म्याथ्थिज डि लिग्ट – आयाक्स/युभेन्टस, करिम बेन्जेमा – रियाल म्याड्रिड, जर्जिन्हो वाइनाल्डम – लिभरपुल, भर्जिल भान डाइक – लिभरपुल, बर्नाडो सिल्भा – म्यानचेस्टर सिटी, ह्युङ मिन सन – टोटेनहम हस्टपर, रोवर्ट लेवान्डोस्की – बायर्न म्युनिख, रोबर्टाे फिर्मिनो – लिभरपुल, लियोनेल मेस्सी – बार्सिलोना, केभिन डि ब्रुयन – म्यानचेस्टर सिटी, कलिडोउ कोउलीवाली – नेपोली, रियाद महारेज – म्यानचेस्टर सिटी, एन्टोइन ग्रिजमन – एट्लेटिको मड्रिड/बार्सिलोना, मोहम्मद सलाह – लिभरपुल, जोओ फेलिक्स – बेन्फिका/एट्लेटिको मड्रिड, इडेन हजार्ड – चेल्सी/रियाल म्याड्रिड, मार्किन्योस – पीएसजी,रहिम स्टर्लिङ – म्यानचेस्टर सिटी

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.