Nepal Times
Nepal Times
3
Shares

सिजनको पहिलो खेलमा नै मोड्रिचले पाए रातो कार्ड

सिजनको पहिलो खेलमा नै मोड्रिचले पाए रातो कार्ड

भदौ, एजेन्सी।

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले विजयी सुरुआत गरेको छ । सिजनको पहिलो खेलमा सिल्टा भिगोको सामना गरेको रियाल ३१ को गोलअन्तरले विजयी भएको हो ।

सेल्टाभिगाको मैदानमा १२ औं मिनेटबाट अग्रता लिएको रियालले दोस्रो हाफमा २ गोल थपेको थियो । करीम बेन्जिमाको गोलबाट अग्रता लिएको रियालका लागि दोस्रो गोल टोनी क्रुसले गरेका थिए ।

६१ औं मिनेटमा टोलीलाई अग्रता दिलाएको खेल सकिन १० मिनेट बाँकी रहँदा लुकास भासक्विजले तेब्बर बनाए । ५६ औं मिनेटमा अनुभवी खेलाडी लुका मोड्रिच रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि रियाल १० खेलाडीमा सीमित भएको थियो ।

शालिन खेलाडीका रुपमा परिचित मोड्रिचले सिजनको पहिलो खेलमा नै रातो कार्डको सामना गरेका छन् । खेलको इन्जुरी समयमा सेल्टाभिगोका आइकर लोसडाले १ गोल फर्काएपनि हार टार्न सकेनन् । जितसँगै रियाल मड्रिडले ३ अंक जोडेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.