Nepal Times
Nepal Times
3
Shares

सिद्धबाबामाथि अनुशन्धान गर्न अदालतद्धारा ७ दिन म्याद थप

सिद्धबाबामाथि अनुशन्धान गर्न अदालतद्धारा ७ दिन म्याद थप

२० मंसिर, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन म्याद थप गरेको छ । अब उनी थप ७ दिन प्रहरी हिरासतमै बस्नेछन् ।

अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो ।

यसअघि प्रहरीले ४ दिनको म्याद थप गराई अनुसन्धान गरेको थियो । गिरीलाई गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै प्रहरीले पक्राउ गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.