Nepal Times
Nepal Times
3
Shares

सिन्धुलीमा दुई फरार प्रतिवादी पक्राउ

सिन्धुलीमा दुई फरार प्रतिवादी पक्राउ

२३ बैशाख, सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका–४ निवासी २० वर्षीय रन्जेशविक्रम बुढाथोकी र २४ वर्षीय राजेन्द्रविक्रम बुढाथोकी पक्राउ परेका हुन् ।

उनका अनुसार अंश मुद्दामा अदालतको विसं २०७३ फागुन १ गते गरेको फैसलाले प्रतिवादीउपर जनही रु १५ हजार ८२३ नपुगी अदालत शुल्क जरिवाना भई हालसम्म उनीहरु फरार रहेका थिए ।

उनीहरूलाई खोजी गर्दै जाँदा कमलामाई–४ स्थित बाटोमा फेला पारी निजहरुलाई आवश्यक कारवाहीका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.