Nepal Times
Nepal Times
3
Shares

सिरि ए फुटबलमा ईन्टर मिलानद्वारा ब्रेसिया ६–० ले पराजित

सिरि ए फुटबलमा ईन्टर मिलानद्वारा ब्रेसिया ६–० ले पराजित

१८ असार, एजेन्सी । सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा ईन्टरले ब्रेसियालाई ६–० ले हराएको छ ।

ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।

लोनमा साञ्चेज म्यान्चेष्टर युनाईटेडबाट ईन्टर आएका थिए । उनी सिजनको अन्तिमसम्म क्लबमै रहने बताइएको छ । उनले क्लबसँग सिजनको अन्तिमसम्म रहने गरि भर्खरै सम्झौता गरेका छन् ।

जितसँगै ईन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.